• जेष्ठ ११ २०८३, सोमबार

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा खराबी, पुनः काठमाडौंमै फर्काइयो

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान भरेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको छ ।

आज (मंगलबार) विहान सुदूरपश्चिको धनगढी उडेको उक्त एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘प्रेसराइज फेल’ भएपछि जहाजलाई काठमाडौं नै अवतरण गरिएको छ ।

धनगढीका लागि उडान भरेको जहाज प्राविधिक समस्या देखिएपछि काठमाडौंमै फिर्ता आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । जहाज काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ ।