• जेष्ठ ११ २०८३, सोमबार

नक्कली नोटसहित दुई जना प्रहरी नियन्त्रणमा, अनुसन्धान जारी

जेष्ठ २१ २०८०, आईतवार

काठमाडौं । नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले नियन्त्रण्मा लिएको छ । उनीहरूलाई देशका छुट्टाछुट्टै स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले नियन्त्रमा लिएको छ ।

सर्लाही बरहथवा नगरपालिका–५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई हिजो (शनिबार) राति प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोटसहित फेला परेपछि नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

भरतपुर महानगरपालिका–१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडाप्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उक्त स्थानबाट थप नक्कली नोट फेला पारी नियन्त्रणमा लिएको छ ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।