काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज स्वदेश फर्कने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन्।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।
महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्न पुगेका प्रचण्डले नेपालबाट लगिएको १०८ केजी रुद्राक्ष तथा ५१ हजार रुपैयाँ दान गरेका थिए । मन्दिरभित्र पूजापाठसहित श्रीमती सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै आरतीसमेत गरेका थिए।
आज जेठ २० गते बिहान महाराष्ट्रस्थित टाटा कन्सेल्टेन्सी सर्भिसको भ्रमण गरे पछि विज्ञान प्रविधिसम्बन्धी विश्व प्रसिद्ध संस्था इन्फोसिसको भ्रमण गर्ने र स्पेशल इकोनोमजी जोनको भ्रमणको तालिका छ। प्रधानमन्त्री प्रचण्डले मध्याह्न १२ बजे आफ्नो औपचारिक कार्यक्रम सम्पन्न गर्नेछन्।
उनी अपराह्न ४ बजे नेपाल एअरलाइन्सको विमानमार्फत मुम्बईबाट स्वदेश फर्कनेछन्।