• जेष्ठ ११ २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणसहित तीन जनाको बयान जारी

जेष्ठ १९ २०८०, शुक्रबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाँणसहित तीन जनाको बयान जारी छ । आज (शुक्रबार) दिउँसो १२ बजेदेखि उनीहरूको बयान जारी छ ।

यसअघि १५ जनाको बयान सकिएको छ । १२ गतेदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान शुरू भएको हो ।

बिहीबार मात्रै अदालतमा उपस्थित भएका हरिभक्त महर्जनको पनि आजै बयान गराउने तयारी छ। यस्तै शरणार्थी नेता टेकनाथ रिजालको पनि बयान बाँकी छ ।

यसअघि बिहिबार पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीसहित पूर्व सांसद आङटावा शेर्पा र हज कमिटिका अध्यक्ष शमशेर मियाको बयान सकिएको छ ।