• जेष्ठ ११ २०८३, सोमबार

उच्च अदालतको तीन न्यायाधीशको सरुवा

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । न्याय परिषद्‌को बैठकले ३ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।

बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश रामबहादुर थापालाई धनकुटा इजलासमा सरुवा गर्दै जिम्मेबारी दिइएको छ। विराटनगर उच्च अदालतमा पाटन उच्च अदालतका न्यायाधीश विपुल न्यौपानेलाई सरुवा गरिएको छ। यस्तै न्यायाधीश सारङ्गा सुवेदीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट जनकपुर उच्च अदालतमा सरुवा गरिएको छ।