• बैशाख २६ २०८३, शनिबार

रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । टीकापुर घटनामा संलग्न रहेको अभियोगमा दोषी प्रमाणित भइ जन्मकैद पाएका ‘थारु नेता’ रेशम चौधरीलाई माफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी परेको छ। क्रमसंख्याअनुसार चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिटको पेसी १४औं नम्बरमा छ।

टीकापुर घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट दोषी ठहर भइ जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा सरकारले माफी दिएको थियो। सरकारको सिफारिस सदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद माफी गरेका थिए।

चौधरीलाई माफी दिने निर्णयविरुद्ध टीकापुर घटनामा ज्यान गुमाएका पीडित परिवारका तर्फबाट शारदा कडायत बोहोराले सर्वोच्चमा रिट दायर दायर गरेकी हुन्। टीकापुर घटनामा ८ जना सुरक्षाकर्मीसहित १ नाबालक मारिएका थिए।