• बैशाख २६ २०८३, शनिबार

विवेकशील साझा पार्टीका ११ विभाग गठन

जेष्ठ १७ २०८०, बुधबार

काठमाडौं । विवेकशील साझा पार्टीले विभिन्न विभागहरू गठन गरी विभागीय प्रमुखहरू चयन गरेको छ । पार्टीको मुख्यालय बखुन्डोलमा सोमबार बसेको केन्द्रीय समिति बैठकले ११ वटा विभागका प्रमुखहरू चयन गरेको हो ।

बैठकले प्रशिक्षण विभागको प्रमुखमा उपाध्यक्ष प्रकाशचन्द्र परियार, संगठन विभागको प्रमुखमा महासचिव रञ्जु दर्शना, नीति तथा कार्यक्रम विभाग प्रमुखमा उपाध्यक्ष मिलन पाण्डे, सदस्यता व्यवस्थापन विभाग प्रमुखमा उपाध्यक्ष बिमला अधिकारी घिमिरे, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुखमा सचिव बिमल तामाङलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, बैठकले सूचना तथा सञ्चार विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य सूर्यदीप रेग्मी, केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुखमा केन्द्रीय सदस्य नवराज थापा, वातावरण तथा सम्पदा विभाग प्रमुखमा केन्द्रीय सदस्य सुरज प्रधान, उद्यमशीलता तथा रोजगार विभाग प्रमुखमा केन्द्रीय सदस्य शिशिर बञ्जारा, अर्थ विभाग प्रमुखमा केन्द्रीय सदस्य निरञ्जन चापागाइँ र

कृषि तथा सहकारी विभाग प्रमुखमा केन्द्रीय सदस्य धनेज थापालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।