काठमाडौं । सिन्धुलीमा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो ।
ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो । उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।