काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकोले देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।
देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।