काठमाडाैं । नेपाल पूर्वप्रहरी संगठन कास्कीको १३औं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गण्डकी प्रदेश अध्यक्ष तथा कास्की अध्यक्ष प्र.नि. एकनारायण शर्माको शसभापतित्वमा सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि पूर्व एसएसपी कृष्णबहादुर थापाले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरे । सभामा कोषाध्यक्ष प्र.नि.बलबहादुर थापाले आर्थिक प्रतिवेदन र सचिव प्र.स.नि मानबहादुर थापाले संस्थाको गतिविधिको बारेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समारोहको विषेश अतिथि केन्द्रीय सदस्य तथा पूर्व प्र.ना.नि. वीरसिंह घलेले केन्द्रको नीति नियम बारे भेलालाई जानकारी गराए । उनले सो अवसरमा संगठित भएर राज्यसँग विभिन्न मागहरु माग्दै जाँदा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ताको लागि केन्द्रले पहल गर्दै गरेको कुरा जानकारी गराए ।
सभामा DSP श्यामसुन्दर खडका, DSP खड्क ब.पौडेल, DSP जगतबन्धु पोख्रेल, ९६ वर्षीय प्र.ना.नि. खेमलाल पराजुली समेत अतिथिका रुपमा उपस्थित थिए भने लेखनाथ ईकाई अध्यक्ष प्र.ना.नि.कृष्ण तिमल्सिना, लामाचौर ईकाई अध्यक्ष हरि बरुवालसमेतले पूर्वप्रहरीको हकहितको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन सल्लाहाकार DSP पदमप्रसाद सुवेदीले गरेका थिए भने सो अवसरमा संगठनको लागि रू. १,००,००० (एक लाख)को अक्षयकोष खडा गरिदिनुहुने पूर्व प्र.ना.नि खेमलाल पराजुलीलाई दोसल्ला र प्रमाणपत्रबाट सम्मान गरियो । सभाले प्र.ना.नि. धर्मदत्त शर्माको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति चयन गरिएको छ । सभाको पहिलो बैठकबाट पाँचजना मनोनित गरि २५ जनाको कार्य समिति समेत गरेको छ ।
नयाँ कार्यसमिति यसप्रकार रहेको छ ।
अध्यक्ष प्रनानि धर्मदत्त शर्मा, उपाध्यक्ष प्र.ना.नि. हरि ब. बरुवाल, उपाध्यक्ष प्र.स.नि.मन ब.थापा, सचिव प्र.नि. सिहरीकुमार रेग्मी, सह-सचिव प्र.ना.नि. नारायण प्रसाद अधिकारी, कोषाध्यक्ष प्र.नि. बल ब. थापा, सह-कोषाध्यक्ष प्रसनि. भोज ब. थापा, सदस्यहरु प्र.स.नि. बुद्धि ब. कुवँर, महिलातर्फ प्र.ना.नि.पार्वती सुनार, प्र.ना.नि. शारदाकुमारी कार्की, प्र.ना.नि. कमला गुरुङ, प्र.ह. भरत ब. खत्री, प्र.नि. धर्म केसी, प्र.ना.नि. रामजीप्रसाद पौडेल, प्र.ना.नि. नागेन्द्रराज त्रिपाठी, प्र.स.नि डासीराम पोख्रेल, प्र.ना.नि. शोभाखर भण्डारी, प्र.ह.सोमलाल श्रेष्ठ, प्र.ह चुडामणी शर्मा, प्र.स.नि. मुक्तिप्रसाद तिमल्सिना ।