• बैशाख २६ २०८३, शनिबार

सांसद बन्न तीन करोड बुझाएको छैन, तथ्यहीन समाचार बनाए कानूनी प्रक्रियामा जाने ढाकाको चेतावनी

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन्।

बिहीबार एक विज्ञप्ति निकालेर उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्।

आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध पनि नगरेको उनको जिकिर छ। उनले कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन्।

‘स्वीकृत आधारबिना नै तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गरेमा स्वयं आफैं कानूनी प्रक्रियामा जान बाध्य हुनेछु।’ उनले भनेका छन्।