• जेष्ठ १२ २०८३, मंगलवार

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेले आज र भोलि प्रशिक्षण दिने

जेष्ठ १२ २०८०, शुक्रबार

काठमाडौँ । नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई आज र भोलि प्रशिक्षण दिने भएको छ।

स्थानीय तहको बजेट निर्माण गर्ने समयमा एमालेले अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो।

पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागले आयोजनामा गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी करीब चार सयजनाको सहभागिता रहने छ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल, च्यासल, ललितपुरमा विहान साढे १० बजे सुरु हुने उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। साथै पार्टीका नेताहरू र विभिन्न विषयविज्ञबाट प्रशिक्षण दिइनेछ ।