बेनीबजार । नेपाल पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति म्याग्दीको जिल्ला सम्मेलन तथा दोस्रो साधारण सभा सम्मपन भएको छ ।
प्र.ह रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल थिए भने विशेष अतिथिहरुमा प्रनाउ मदन कुवँर, केन्द्रिय सदस्य प्रनानि वीरसिंह घले, गण्डकी प्रदेश सचिव डिएसपी शिव थापा, प्रनि जगतबन्धु पोख्रेल थिए ।
सभामा डिएसपी टिका ब.कार्की संगठनका पर्वतका जिल्ला अध्यक्ष असई थमन ब.क्षेत्री समेतले शुभकामना मन्तब्य राखेका थिए ।
अधिवेशनबाट प्रनि भिम ब. श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको छ । कार्यक्रममा उपस्थित सबैलाई प्रनानि बल ब. बानियाँले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख जिल्ला अधिकारीले पानसमा बत्ति बालेर गरेका थिए ।