• बैशाख २६ २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्छ: बामदेव गौतम

जेष्ठ ११ २०८०, बिहीबार

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सांसद गौतमले सो प्रकरण ज्यादै ठूलो अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न जोकोहीलाई पनि नियम र कानुन बमोजिम कारबाही गर्नुपर्ने बताएका हुन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गौतमले २०४७ सालयता भएका मन्त्री र उच्च प्रदस्थ कर्मचारीहरुको पनि सम्पत्ति छानविन गरी भ्रष्टमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गौतमले सरकारले सो प्रकरणको दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै धन्यवाद समेत दिए ।