काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंले पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्रीसहितका ३० प्रतिवादीविरुद्ध पाँच अभियोगमा मुद्दा दायर गरेसँगै थप दुई अभियोगमा अनुसन्धानका लागि सरकारी वकिलले बाटो खोलेको छ।
सरकारी वकिलको कार्यालय भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको जिल्ला सरकारी वकिलको कार्यालय प्रमुख अच्युतमणि नेउपानेले गोलखबरलाई बताए।
सरकारी वकिलको कार्यालय भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणका लागि यी दुई निकायलाई अनुसन्धान अघि बढाउन आग्रह गर्दै पत्र पनि लेखेको छ। अभियोगपत्रसँगै यी निकायलाई नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदनमा अनुसन्धान गरी मुद्दा दायर गर्नुपर्ने देखाएकाले विस्तृत अनुसन्धान गर्न आग्रह गरिएको छ।