काठमाडौं । बझाङमा फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको हो ।
केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।