• जेष्ठ १२ २०८३, मंगलवार

किशोरी बलात्कारको आरोपमा दाङका पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

जेष्ठ ८ २०८०, सोमबार

घोराही । दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतमलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौतमले आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।

‘किशोरीको उजुरीका आधारमा प्रहरीले गौतमलाई घरबाटै नियन्त्रणमा लिएका हो’, डीएसपी गौतमले भने, ‘वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेर अनुसन्धान हुन्छ ।’ जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।