• जेष्ठ १२ २०८३, मंगलवार

युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

जेष्ठ ८ २०८०, सोमबार

बर्दिया । २४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् ।

दुई जनाले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने प्रलोभन देखाई मध्यवर्ती सामुदायिक वनमा लगेर बलात्कार गरी फरार भएका थिए ।

यसबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बगनाह भुरिगाउँबाट खटिएको प्रहरी टोलीले दुवै जानलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ