काठमाडौं । इन्टरनेशनल एसोसिएसन अफ वुमेन इन रेडियो एण्ड टेलिभिजन नेपाल (आइवार्ट नेपाल)को अध्यक्षमा इच्छा गुरुङ निर्वाचित भएकी छन्।
महिला पत्रकार तथा महिलाको विषयमा काम गर्ने यस सञ्जालको शाखा विश्वका १४ विभिन्न मुलुकमा छन्। आइवार्ट नेपाल च्याप्टरका संस्थापक अध्यक्ष भने बन्दना राणा हुन्।
२०८०र०८२ को नेपाल शाखाको निर्वाचनबाट उपाध्यक्षमा दिपान्जली लामा, सचिवमा मनिता पोखरेल, कोषाध्यक्ष शिलु अधिकारी र सदस्यहरु संगिता श्रेष्ठ, सन्तोषी पौडेल र सन्ध्या थापा निर्वाचित भएका छन् ।
वैशाख २७ गते मंगलबार सम्पन्न निर्वाचन सुचित्रा श्रेष्ठको नेतृत्वमा भएको हो। विश्वका ५४ देशको सदस्य भएको यस सञ्जालको नेपाल च्याप्टरले सञ्चार क्षेत्रमा आवद्ध महिलाहरुको विषयमा काम गर्दै आएको छ।