• बैशाख २७ २०८३, आईतवार

प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसदले गरे नाराबजी

बैशाख २७ २०८०, बुधबार

काठमाडौँ। सभामुख देवराज घिमिरेसँग आकस्मिक समयमा बोल्न समय माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । बैठकको सुरुवातमै राप्रपा सांसदहरु आफ्नो आसनबाट उठेर सभामुखसँग बोल्न समय मागेका छन् ।

सभामुख घिमिरेले बोल्नका लागि शून्य समय र बजेटको तयारीबारे मात्र बोल्ने कार्यसूची तय गरेको र बैठक सञ्चालन गर्न दिन आग्रह गरेपनि राप्रपाका सांसदहरुले मानेका छैनन् ।

उनीहरुले देशमा भइरहेको भष्टाचारका बिषयमा बोल्न पाउनुपर्यो भनेर सभामुखसँग माग राखेका छन् । सभामुखले आफ्नो भनाई शुन्य समयमा राख्न आग्रह गर्दै शुन्य समयमा बोल्न बिमला सुवेदीलाई बोल्न समय दिएपछि राप्रपा सांसदले संसदको रोष्टम घेराउ गरेका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका सांसदले बैठकमा अवरोध सिर्जना गरेका छन् ।