• बैशाख २७ २०८३, आईतवार

जनता समाजवादीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

बैशाख २७ २०८०, बुधबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दैछ ।

ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विधान अधिवेशन, सरकारमा सहभागितालगायत समसामयिक विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो ।