• जेष्ठ १२ २०८३, मंगलवार

आजको मौसम: तराई भू-भागमा हावा-हुरीको सम्भावना

बैशाख २६ २०८०, मंगलवार

काठमाडौँ । स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरूमा सामान्य हावा-हुरीको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भू(भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।