• जेष्ठ १३ २०८३, बुधबार

सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार

बैशाख २३ २०८०, शनिबार

काठमाडौं । । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी)का प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसीरमाथि खुकुरी प्रहार भएको हो ।

गत शुक्रबार राती होहल्ला गरेपछि सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार राती १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो ।

सो खुकुरी प्रहारवाट उनको बाया पाखुरामा चोट लागेको छ । खुकरी प्रहार गरी फरार रहेकाहरुको अहिले खोजी कार्य जारी राखिएको छ ।