काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणर्थी प्रकरणमा आफू गृहमन्त्री हुँदा अनुसन्धान अगाडी बढाएको बताएका छन् ।
सरकारबाट बाहिरिने निणर्य गरेपछि पत्रकार सम्मेलनमा उनले भने, ‘म गृहमन्त्रालयमा हुँदा चार पाँच चरणमा बसेर छलफल गरेको, पेचिलो छ भित्री रुपमा अनुसन्धान सुरु गरेको विषय हो ।’
यो प्रकरणमा सरकारका बहालवाला सचिवसमेत पक्राउ परेका छन् भने पूर्वउपप्रधानमन्त्री रहेका एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अन्य हाइप्रोफाइल व्यक्ति पनि यो प्रकरणमा तानिने सम्भावना देखिएको छ । सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सरकार बनाउने खेलमा नलाग्ने बताएका छन् ।
‘रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने, सरकार गठन बनाउने खेलमा लाग्दैनौँ,’ उनले भने ।
अहिले आफूहरू सरकारमा जानभन्दा पनि सरकारले चाहेको उनले बताए । ‘हामीलाई ल्याउन पाए हुनथ्यो भन्ने सरकारलाई थियो । सरकारको गति तौरतरिका हेर्दा सहभागी हुनुपर्ने आवश्यकता देखेनौँ,’ उनले भने ।