काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्न खोज्नु रहस्यपूणर् भएको बताएका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउन खोज्नु रहस्यमयी भएको बताए ।
‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । चार वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरू, एउटा सांसद उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूणर् छ, उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु,’ ओलीले भने ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको पनि जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।