• बैशाख २७ २०८३, आईतवार

उपेन्द्र यादवलाई सरकारमै ल्याउने प्रचण्डको चाहना

बैशाख २१ २०८०, बिहीबार

काठमाडौँ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्री चयन गर्ने जिम्मेवारी पाएका छन् । तर अध्यक्ष यादवले सरकारमा आफै जाने कि अरूलाई पठाउने भन्नेबारे अझै टुङ्गाो लाग सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले कांग्रेसका तीन जनालाई मन्त्रीमा नियुक्त गरे भने नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ लिँदैछन् ।

सरकारमा जसपा नेपालले पनि एक जना मन्त्री पठाउन बाँकी छ । तर यसबारे अझै जसपा नेपालले निर्णय गर्न सकिरहेको छैन ।प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि सरकारमा आफै जाने कि अरूलाई पठाउने भन्ने पत्रकारको जिज्ञासामा उनले कसलाई पठाउने भन्नेबारे पार्टीले निर्णय गर्ने जवाफ दिएका थिए ।

जसपाका प्रवक्ता मनिष सुमनले अघिल्लो बैठकबाट मन्त्री र मन्त्रालयको बारेमा सम्पूर्ण निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष यादवलाई दिइसकेको र अध्यक्षले गर्ने निर्णय नै सर्वस्वीकार्य हुने बताए । ‘अध्यक्षजीलाई नै सबै जिम्मेवारी दिइसकेपछि प्रवक्ताको हैसियतमा मैले थप यसमा प्रतिक्रिया दिइरहनु पर्ने आवश्यकता छैन,’ उनले भने ।