• जेष्ठ १३ २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

बैशाख २१ २०८०, बिहीबार

काठमाडौँ । मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतमा हिजो बेलुका बाग्मती प्रदेश ०२-०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको हो ।

मोटरसाइकल दुर्घटनामा परि बाराको पर्सौनि नगरपालिका,५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र मोटरसाइकलको पछाडि बस्ने गोरख भनिने रविन्द्र मण्डलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका लालबाबुको उपचारका क्रममा गएराति ज्यान गएको हो भने रविन्द्रको शव बिहान भेटिएको हो ।दुर्घटनापछि रविन्द्रको अवस्था थाहा हुन सकेको थिएन । बिहान खोजी गर्ने क्रममा दुर्घटनास्थल नजिकै उहाँको शव भेटिएको प्रहरीले जनाएको छ।