• जेष्ठ १३ २०८३, बुधबार

काठमाडौंमा चट्याङ पर्यो : एक जनाको मृत्यु

बैशाख २१ २०८०, बिहीबार

काठमाडौं । काठमाडौंको मातातीर्थमा चट्याङ परेको छ । चट्याङ परि एक जनाको मृत्यु भएको छ ।

हिजो (बुधबार) दिउँसो चन्द्रागिरि नगरपालिका–६ मातातीर्थमा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो ।

मकवापुर भीमफेदी घर भई काठमाडौं बस्दै आएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन घरमा काम गरिरहेका तामाङको चट्याङ लागेपछि गम्भीर घाइते भएका थिए । घाइते तामाङको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।