काठमाण्डौ। नवनियुक्त तीन जना मन्त्रीले आज शपथ ग्रहण गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गरेका थिए ।
नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बू मन्त्री नियुक्त भए।
उनीहरुलाई राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शीतलनिवासमा शपथ ग्रहण गराउने तयारी छ ।
नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बूले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।