• जेष्ठ १३ २०८३, बुधबार

टोपबहादुर रायमाझी पक्राउ,छोरा सन्दिपसँगै काठमाडौं ल्याइँदै

बैशाख २१ २०८०, बिहीबार

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याइँदैछ ।

काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो ।