• जेष्ठ १३ २०८३, बुधबार

रायमाझीका छोरा सन्दीपलाई बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइँदै

बैशाख २१ २०८०, बिहीबार

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज काठमाडौं ल्याइँदै छ । नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउन लागिएको प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले रायमाझीलाई काठमाडौं पठाउनका लागि भैरहवा विमानस्थल लगिएको सञ्चारमाध्यमलाई जानकारी दिए ।
उनका अनुसार सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं पठाइँदै छ ।

‘बिहान ७ बजेको टिकट थियो, मौसमका कारण फ्लाइट डिले भयो । उहाँ एयरपोर्टमै हुनुहुन्छ,’ डिएसपी अर्यालले भने । बुटवलबाट पक्राउ परेका सन्दीपलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको डिएसपी अर्यालले जानकारी दिए ।