काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए। गरेका छन् । जसअनुसार आज नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने भएका छन्।
बुधबार नेपाली कांग्रेसबाट मन्त्री बनेका धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले आज शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह राखिएको छ। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनेछन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त भएका छन्।