काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठकमा मन्त्रिपरिषद् विस्तार,समसामयिक राजनीतिक लगायतका विषयमा छलफल हुनेछ। यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने जनाइएको छ।
सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले छलफल गरिरहेका छन्।
पूर्वसहमतिअनुसार गृहमन्त्रालय पाएमा सरकारमा जाने रास्वपाले जनाएको छ। सो विषयमा टुंगो लगाउन रास्वपाले शुक्रबार पार्टी केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाएको छ।
सत्ता गठबन्धन दलमा विवादका कारण प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकलाई पूर्णता दिन सकेका छैन।