काठमाडौं । नेपाल बार एशोसिएसनले लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्त हुन नसकेको भन्दै आन्दोलन जारी राखेको छ । बारको आन्दोलन आज चौथों दिन पनि जारी रहेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिलगायतको माग गर्दै गत आइतबार देखी आन्दोलनमा उत्रिएको बारको आन्दोलन चौथो दिनमा पनि जारी रहने भएको हो । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार मंगलबार बारका सबै ९० इकाइहरुले एक साथ आन्दोलन गरेका थिए । जबसम्म प्रधानन्यायाधीशलगायत नियुक्ति प्रक्रिया सुरु गरिन्न, तबसम्म आन्दोलन जारी रहने घिमिरेले बताए ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लागेर पदमुक्त भए पछि सर्वोच्च अदालत नेतृत्वविहीन हुदैँ आएको छ । कायममुकायमबाट चलिरहेको सर्वोच्च अदालतमा २१ मध्ये १६ मात्रै न्यायाधीश हुदाँ कामसमेत प्रभावित भएका छन भने उच्च अदालत र जिल्ला अदालतमा रिक्त रहेका न्यायाधीश पदमा नियुक्ति गराउन पनि सकिरहेको छैन ।