• बैशाख २७ २०८३, आईतवार

पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई पक्राउ पुर्जी जारी

बैशाख २० २०८०, बुधबार

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र रायमाझीका बाबुछोराको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ।