• बैशाख २७ २०८३, आईतवार

भुटानी शरणार्थी बनाएर ठगी धन्दाः एमालेका सचिव टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी

बैशाख २० २०८०, बुधबार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको र अहिले खोजी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दियो। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको भनेर सयौं नेपालीले प्रहरीमा उजुरी दिएका छन्। उजुरीको आधारमा प्रहरीले केही महिना अगाडिदेखि नै अनुसन्धान अगाडि बढाएको थियो।

यही प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई बुधबार मात्रै काठमाडौंबाट पक्राउ गरेको छ। सोही प्रकरणमा द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।