• बैशाख २७ २०८३, आईतवार

विश्व प्रेस स्वतन्त्रता दिवसमा देउवाले विभिन्न कालखण्डमा सहादत प्राप्त संचारकर्मीहरुलाई सम्झिए

बैशाख २० २०८०, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।

उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना र बधाई दिएका छन् । शुभकामना सन्देशमार्फत उनले प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।

‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने संचारकर्मीहरुले विभिन्न कालखण्डमा जो जसले सहादत दिनु भयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु,’ देउवाले भनेका छन्, ‘प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको हो । स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ हुन् । नेपाली कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यवसायिक पत्रकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चार माध्यमहरूमा अधिकारकर्मीहरूको पेशागत एवं व्यवसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको छ ।’ जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेको देउवाले जनाएका छन ।

मे महिनाको ३ तारिख अर्थात् आज संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ ।