• जेष्ठ १३ २०८३, बुधबार

डाटा हराएको लोक सेवाद्वारा शाखा अधिकृतलगायतका पदमा पुनः दरखास्त आह्वान,दस्तुर बुझाउन पर्ने छैन

बैशाख २० २०८०, बुधबार

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतलगायतका पदमा पुनः दरखास्त आह्वान गरेको छ । आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर समस्या आएपछि २०७९ मंसिर, पुस र माघ महिनामा दरखास्त दिएका शाखा अधिकृत, नायव सुब्बा लगायतका पदमा पुनः दरखास्त आह्वान गरेको हो ।

२०८० जेठ १८ भित्र पुनः दरखास्त दिइसक्नु पर्नेछ भने पहिले परीक्षा दस्तुर बुझाई दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्र पुनः दरखास्त दिन पाउने छन् ।

पुनः दरखास्त पेस गर्ने उम्मेदवारले दस्तुर बुझाउन पर्नेछैन ।