• जेष्ठ १३ २०८३, बुधबार

कांग्रेस नेता कँडेल झुण्डिएको अवस्थामा भेटिए

बैशाख १९ २०८०, मंगलवार

काठमाडौं । चितवन कांग्रेसका नेता तथा व्यवसायी शंकर कँडेल मृत भेटिएका छन् । कँडेल कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्य हुन् ।

भरतपुर महानगरपालिका-३ बेलचोकस्थित आफ्नै घरमा रहेको कार्यालय कोठामा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

चितवनका सफल पोल्ट्री व्यवसायीको रूपमा परिचय बनाएका उनले अनमोल फिड्स उद्योग सञ्चालन गरिरहेका थिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ । शवको मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।