काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेको गाडी चालक शम्भु थापाको मृत्यु भएको छ । चितवनमा घरको छतबाट लडेर गम्भीर घाइते भएका ड्राइभर शम्भु थापाको मृत्यु भएको हो ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
वैशाख ४ गते बिहान ४ बजे चितवनस्थित लामिछानेको घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ का बासिन्दा हुन् ।
थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।