• जेष्ठ १३ २०८३, बुधबार

राष्ट्रपतिले आफनो उपचार खर्च आफै बेहोर्ने

बैशाख १९ २०८०, मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै बेहोर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन् ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

छात्तिमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए ।

१० दिन लामो उपचारपछि राष्ट्रपति पौडेल आइतबार राती स्वदेश फर्केका हुन् ।