• जेष्ठ १३ २०८३, बुधबार

नौबीसे-मुग्लिन सडक खण्ड अवरुद्ध, यात्रुहरू सडकमै अलपत्र

बैशाख १९ २०८०, मंगलवार

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको नगरपालिका–६ स्थित गणेश खोलामा गएको पहिरोको कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

हिजो (सोमबार) बेलुकी करिब साढे ६ बजे गएको पहिरोका कारण नौबीसे–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन हिजोदेखि नेपाली सेनाको फौज खटेको छ । सडक विभागको समन्वयमा हिजो रातभर करिब १० फिट तलबाट ग्याविन वायर लगाएर माटो तथा ढुंगा भर्ने कार्य भइरहेको छ ।

सडक अवरुद्ध भएसँगै यातायात आवतजावत छप्प भएको छ भने हजारौँ यात्रु सडकमै अलपत्र परेका छन् ।