• बैशाख २७ २०८३, आईतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिँदै

बैशाख १९ २०८०, मंगलवार

काठमाडौँ । गत बिहीबार नियुक्त भएका लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (मंगलबार) विश्वासको मत लिने भएका छन् ।

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी० का एकरएक र स्वतन्त्र एक सांसदसहित ५३ सांसदको समर्थन रहेको छ ।