• जेष्ठ १३ २०८३, बुधबार

उपत्यकामा जारी वर्षा कहिले रोकिएला ?

बैशाख १८ २०८०, सोमबार

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ । सिमसिम परिरहेको पानी रोकिने छाँट छैन । केही ठाउँमा विहान ११ बजेदेखि ठूलो वर्षा भइरहेछ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार आजदिनभर पानी पर्न सक्नेछ । ‘काठमाडौँमा जारी वर्षा हल्कादेखि मध्यम भन्न सकिन्छ’, उनले भने, ‘तर यो कुरा वर्षा मापन गरिसकेपछि मात्रै भन्न सकिन्छ, मापन बेलुका मात्रै गरिन्छ।’