• जेष्ठ १३ २०८३, बुधबार

सरकार र महावीर पुनबीच वार्ता हुने

बैशाख १८ २०८०, सोमबार

काठमाडौं । सरकार र महावीर पुनबीच आज (सोमबार) पनि वार्ता हुँदैछ ।

सरकारका प्रतिनिधि र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनबीच वार्ता हुने भएको हो ।

हिजो (आइतबार) भएको वार्ता सहमति नजिक पुगे पनि लिखित सहमति भएको छ ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि धर्नामा छन् ।

आज ३ बजे सिंहदरबारमा वार्ताका लागि सरकारले पुनलाई बोलाएको छ ।