• जेष्ठ १३ २०८३, बुधबार

वीर अस्पतालको छतको पर्खाल भत्कियो, इँटा लागेर तीन जना घाइते

बैशाख १७ २०८०, आईतवार

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खसेको इँटाले लागेर तीनजना घाइते भएका छन्।

दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारणलाई लागेको हो। माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वधारणमाथि खसेको थियो। ती इँटाले लागेर तीनजना घाइते भएका हुन्।

उनीहरुलाई तत्कालै उद्दार गरेर उपचारका लागि भर्ना गरिएको छ। तर घाइते सबैजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।