• जेष्ठ १३ २०८३, बुधबार

डाक्टरको घरमा वीर अस्पतालकी नर्स मृत फेला

बैशाख १७ २०८०, आईतवार

काठमाडौं । काठमाडौंमा एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । शनिबार राति बोहराटारस्थित डा. सुजन ढकालको घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको हो ।

वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी श्रेष्ठ शनिबार डा.ढकालको घरमा झण्डिएको अवस्थामा फेला परेकी हुन‍्। डा.ढकाल कान्तिबाल अस्पतालमा कार्यरत छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठले अनुमा झण्डिएको अवस्थामा भेटिएको पुष्टि गरे । श्रेष्ठले भने,‘डा.सुजन ढकालको घरमा अनुमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । थप अनुसन्धान भइरहेको छ । सुजनको घरमा बुवा आमा मात्रै थिए। सुजन दुई महिनादेखि काठमाडौं बाहिर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

मृत फेला परेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । सुजन पछिल्लो केही समययता घरमा आउने गरेका थिएनन्। अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।