काठमाडौं। विपी राजमार्ग अन्तगर्त सिन्धुलीको पिपलभञ्जागमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु छ । त्यस्तै एक जना घाइते भएका छन् ।
आईतबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिमर र काठमाडौं गौरिघाटका सहारा प्रसाईं रहेको प्रहरीले जनाएको छ ।
अर्का घाइतेको परीचय खुल्न सकेको छैन । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ ।