• बैशाख २७ २०८३, आईतवार

प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे रवि लामिछाने

बैशाख १७ २०८०, आईतवार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेक छन् ।
आइतबार बिहान सभापति लामिछाने प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

अहिले राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।वैशाख १० को उपनिर्वाचनमा चितवन–२ बाट निर्वाचित भएपछि लामिछाने पहिलोपटक प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।