काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बिच पार्टी एकता अधिवेशन सम्पन्न भएको छ ।
काठमाडौंको अनामनगर घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको सभाहलमा शनिबार नयाँ राजनीतिक कार्यदिशा, अन्तरिम विधान, नयाँ सांगठनिक संरचना र समसामयिक प्रस्ताव पास गर्दै पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र अध्यक्ष मोहन वैद्य ‘किरण’, प्रवक्तामा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई चयन गरेको छ ।
अधिवेशनबाट १५ जनाएको कार्यालय सदस्य, ८७ जना सचिवालय सदस्य र २६७ जनाको महाधिवेशन आयोजक कमिटी रहने गरि, पार्टी एकता अधिवेशन सम्पन्न भएको हो ।
आगामी बैशाख १८ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन सभाको आयोजना गरि खुल्लामञ्च काठमाडौंमा पार्टीको नाम र कार्यक्रमहरु सार्वजनिक गरिने एक नेताले बताए ।